काठमाडौं १८ असोज/ नेपाली कांग्रेसका सांसद दीपक गिरीले सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाएका छन् । बिहीबार संघीय संसद भवनको परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद गिरीले यस्तो बताएका हुन् ।
उनले सरकार भर्खर इन्द्रजात्रा मानेर जयप्रकाश सुते सुतेको टिप्पणी गरे । सांसद गिरीले नेपाल अहिले वृद्धहरुको मात्रै देश भएको बताए । उनले सरकारले जनताका कामहरु सशक्त रुपमा अघि बढाउनुपर्ने बताए । सांसद गिरीले संविधानले बनाएको मिश्रित निर्वाचन प्रणाली बदल्नुपर्ने बताए ।
