कैलाली २५ असोज/ नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा कृष्णप्रसाद जैसी चयन भएका छन् । एमाले प्रदेश अधिवेशनबाट जैसी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । अध्यक्षमा चार जनाको उम्मेदवारी परेको थियो। अध्यक्षमा मनोनयन दर्ता गरेका बचनबहादुर सिंह, कमल तिमिल्सिना र भरत साउँदले उम्मेदवारी फिर्ता लिएपछि जैसी सर्वसम्मत बनेका हुन् ।
त्यस्तै, उपाध्यक्षमा कालीबहादुर शाही र सचिवमा रणबहादुर चन्द चयन भएका छन् । उपसचिवमा नरबहादुर बिक र भागरथी विष्ट सर्वसम्मत भएको निर्वाचन कमिटीले जनाएको छ । एमाले प्रदेश १५९ सदस्यीय प्रदेश कमिटी नै सर्वसम्मत भएको निर्वाचन कमिटीले जनाएको छ। प्रदेश सदस्यको विवरण रुजु गर्ने प्रक्रियामा रहेको जनाएको छ ।
