काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ हुँ भन्ने राजनीतिक दलहरुले आफूलाई पुष्टि गरेर देखाउनुपर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति संकेत गर्दै उनले नयाँ भन्ने कुरा मितिको आधारमा नभई संस्कृति र प्रवृत्तिको आधारमा हुने भएकाले नयाँ राजनीतिक दलहरुले आफूलाई नयाँ हुँ भन्ने प्रमाणित गरेर देखाउनुपर्ने तर्क गरे ।
नेता कार्कीले भने, ‘हाम्रो धर्म निरपेक्षता, हाम्रो संघीय प्रजातन्त्र, हाम्रो समावेशी प्रजातन्त्र र हाम्रो गणतन्त्र नियाउरो भएर, रुन्चे भएर, पिलन्धरे भएर सकिन लागेको छ । हाम्रो राजनीतिक संस्कृति रुन्चे भएको कारणले गर्दा प्रतिगामीहरु कस्सिएर आएका छन । उनीहरुको आँट बढेको छ । अव एकचोटी यो बाँकि रहेका कम्युनिष्टहरु र समाजबाद मान्ने काग्रेसहरु एकचोटी जुर्मुराउने हो भने, नया तरिकाले आफूलाई अघि बढाउने हो भने विकल्प फेरी पनि समाजवादनै हो । नेपाली समाजको विकल्प भनेको समाजवाद मात्रै हुन सक्छ ।’
कार्यक्रममा बोल्दै नेकपा (माले)का महासचिव सिपी मैनालीले ठूला राजनीतिक दलहरुले विगतमा गरेका गल्ती, कमजोरीहरुलाई सच्याउँदै अघि बढनुपर्ने बताए । उनले मिशन २०८४ लाई सफल बनाउन पनि ठूला राजनीतिक दलहरुले विचार, राजनीतिक र शैलीमा आमूल सुधार गरेर अघि बढनुपर्ने बताए ।
महासचिव मैनालीले भने, ‘विगतमा गरिएको गल्ती, कमजोरीहरुलाई सच्याएर, चिन्हित गरेर तिनीहरुलाई सच्याउने काम गर्यो भने मिशन २०८४ हुन्छ । अहिलेको मिशन २०८४ के हो ? कसैले पनि मिशन २०८४ को नाममा विगत ७५ वर्षको सिद्धान्तमा, राजनीतिमा, शैलीमा के भयो भनेर कसैले पनि समिक्षा गरेर अघि बढन चाहेको देखिदैन । यसले मुलुकलाई अघि बढाउन सक्दैन ।’
महासचिव मैनालीले ठूला दलहरुले आफूलाई पुनर्विचार नगरेकै कारण नयाँ राजनीतिक दलहरुले खेल्ने अवसर पाएको जिकिर समेत गरे ।
