• ट्रेण्डिङ्ग :
दाङमा १६ दिने नवजात शिशुको हत्या प्रयास गरेको अभियोगमा आमा पक्राउ

दाङमा १६ दिने नवजात शिशुको हत्या प्रयास गरेको अभियोगमा आमा पक्राउ


  • 3.2K
    SHARES
    • कार्तिक ९, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 4.9K Views

    दाङमा १६ दिने नवजात शिशुको हत्या प्रयास गरेको अभियोगमा आमा पक्राउ

    दाङ ९ कात्तिक/ दाङमा १६ दिने नवजात शिशुको हत्या प्रयास गरेको अभियोगमा सुत्केरी आमा पक्राउ परेकी छिन् । लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्ज निवासी २५ बर्षिय निरम चौधरीलाई आफ्नै नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images

    बुधबार दिउँसो उनले घरमा कोही नभएको अवस्थामा तरकारी काट्न प्रयोग गरिने चक्कुले घाँटीमा प्रहार गरेको पाइएको छ । वडा प्रहरी कार्यालय लमहीले आमालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी निरिक्षक शंकर श्रेष्ठले जानकारी दिए ।

    घाइते बच्चाको उपचारको लागि लमही अस्पतालमा लगिए पनि उपचार त्यहाँ सम्भव नभएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको छ । सुत्केरी आमाले आफैंले जन्मदिएको शिशुको हत्या प्रयास किन गरिन भन्ने बारेमा खुल्न बाँकी छ । केही दिनदेखि झोक्रिने, टोलाउने जस्ता समस्या आमामा देखिएको थियो ।

     


    तेस्रो आँखा