• ट्रेण्डिङ्ग :
गुटरेसको सम्बोधन सुन्न सांसदले औपचारिक पोशाकमा उपस्थित हुनुपर्ने

गुटरेसको सम्बोधन सुन्न सांसदले औपचारिक पोशाकमा उपस्थित हुनुपर्ने


  • 4.6K
    SHARES
    • कार्तिक १२, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 7.1K Views

    गुटरेसको सम्बोधन सुन्न सांसदले औपचारिक पोशाकमा उपस्थित हुनुपर्ने

    काठमाडौं, १२ कात्तिक । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले संघीय संसदमा गर्ने सम्बोधनको सूचना प्रतिनिधि सभाको बैठकमा सुनाइएको छ । सभामुख देवराज घिमिरेले आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा महासचिव गुटरेसले मंगलबार दिउँसो ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी गराएका हुन् ।

    images

    गुटरेस चारदिने औपचारिक भ्रमणका लागि आइतबार राति नेपाल आएका छन् । गुटरेसको सम्बोधन हुनु भन्दा १५ मिनेट अगाडि सांसदहरुलाई उपस्थित भइसक्न सभामुख देवराज घिमिरेले अनुरोध गरेका छन् ।

    साथै उनले औपचारिक पोशाकमा आउन समेत भनेका छन् । ‘उक्त दिन औपचारिक पोशाकमा उपस्थित भइदिनुहुन अनुरोध गर्दछु’, सभामुख घिमिरेले सांसदहरुलाई भनेका छन् ।


    तेस्रो आँखा