• ट्रेण्डिङ्ग :
परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री एन्टोनीबीच भेटवार्ता

परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री एन्टोनीबीच भेटवार्ता


  • 2.2K
    SHARES
    • कार्तिक १४, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 3.3K Views

    परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री एन्टोनीबीच भेटवार्ता

    काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केन र नेपालका परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ । वासिङ्टनमा भएको भेटमा दुवैले नेपाल–अमेरिकाबीच साझेदारीको सुदृढीकरणमा जोड दिएका छन् । 

    images

    भेटमा ४५० करोडको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट परियोजनाका विषयमा पनि छलफल भएको छ । पूर्वाधार निर्माण, बिजुलीमा पहुँच र विस्तार तथा सीमापार विद्युत् व्यापारलाई समर्थन गर्दै रहयोग गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनी प्रतिबद्धता जनाएका छन् । 

    भेटमा नेपालमा लगानी विस्तार, साना तथा मझौला उद्यमहरूलाई ऋण उपलब्ध गराउन नेपाली बैंकलाई १२ करोड ५० लाख अमेरिकी डलरको नयाँ ऋण दिनेलगायत विषयमा छलफल भएको छ । 


    तेस्रो आँखा