• ट्रेण्डिङ्ग :
मन्त्रीपरिषद् बैठक भोलि बिहान ८ बजेका लागि आव्हान

मन्त्रीपरिषद् बैठक भोलि बिहान ८ बजेका लागि आव्हान


  • 2.4K
    SHARES
    • कार्तिक १८, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 3.7K Views

    मन्त्रीपरिषद् बैठक भोलि बिहान ८ बजेका लागि आव्हान

    काठमाडौँ, १८ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भूकम्पबाट प्रभावितको उद्धार, राहत र उपचारबारे छलफल गर्न मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

    images

    बैठक भोलि बिहान ८ बजेका लागि बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । आज बेलुकासम्म भूकम्प प्रभावित क्षेत्रको सूचना सङ्कलन गर्ने र सोही आधारमा बैठकले आवश्यक निर्णय गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री प्रचण्ड भूकम्प लगत्तै आज बिहान भूकम्प प्रभावित जाजरकोट र पश्चिम रुकुम पुगेर क्षतिबारे जानकारी लिनुका साथै उद्धार, राहत र उपचारमा कुनै कसर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन् ।


    तेस्रो आँखा