• ट्रेण्डिङ्ग :
बालिका बलात्कारपछि हत्या आरोपमा युवक पक्राउ

बालिका बलात्कारपछि हत्या आरोपमा युवक पक्राउ


  • 3.9K
    SHARES
    • कार्तिक २०, २०८० सोमबार
    • २ बर्षs अघि
    • 6.0K Views

    बालिका बलात्कारपछि हत्या आरोपमा युवक पक्राउ

    गुल्मी २० कात्तिक/ गुल्मीमा बालिका बलात्कारपछि हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कात्तिक १७ गते बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका–४ हुग्दी खोला किनारमा १५ वर्षकी मनिषा रुचालको शव भेटिएको थियो ।

    images

    उनको बलात्कारपछि हत्या आरोपमा बाँके खजुरा गाउँपालिका–७ घर भई हाल चन्द्रकोट गाउँपालिका–४ बस्ने २३ वर्षका रहिस खाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका (एसपी) नवीन किशोर प्रधानले बताए । खाँलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट अनुमति लिइसकेको छ ।

    १६ कात्तिकमा बागलुङको बरेङ गाउँपालिका घर भई हाल चन्द्रकोट गाउँपालिका– ४ कि मनिषा खेताला सुर्ती लिन घरबाट बाहिर गएकी थिइन् । उनी घरमा नफर्किएपछि खोजी गर्ने क्रममा १७ कात्तिकमा हुग्दी खोलामा मृत अवस्थामा फेला परेकी थिइन् ।


    तेस्रो आँखा