• ट्रेण्डिङ्ग :
कांग्रेसद्वारा भूकम्प पीडितहरूको सहयोगका लागि ५० लाख हस्तान्तरण

कांग्रेसद्वारा भूकम्प पीडितहरूको सहयोगका लागि ५० लाख हस्तान्तरण


  • 2.8K
    SHARES
    • कार्तिक २१, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 4.3K Views

    कांग्रेसद्वारा भूकम्प पीडितहरूको सहयोगका लागि ५० लाख हस्तान्तरण

    काठमाडौँ २१ कात्तिक/ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज भेट गरी भूकम्प पीडितहरूको सहयोगका लागि नेपाली काँग्रेसका तर्फबाट ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

    images

    सभापति देउवा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई साथ लिएर बिहान प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । भेटका अवसरमा प्रधानमन्त्रीले सरकारले भूकम्प प्रभावित क्षेत्रमा गरिएको उद्धार, उपचार र राहतका बारेमा सभापति देउवालाई जानकारी गराएका थिए ।

    भेटमा सभापति देउवाले सरकारले गरेको भूकम्प पीडितहरूको उद्धार, उपचार कार्यको प्रशंसा गर्दै राहत वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन सुझाव दिएको जानकारी प्रधानमन्त्रीको सचिवालयले दिएको छ ।


    तेस्रो आँखा