• ट्रेण्डिङ्ग :
सर्वदलीय बैठकबाट बाहिरिए माधव नेपाल

सर्वदलीय बैठकबाट बाहिरिए माधव नेपाल


  • 3.3K
    SHARES
    • कार्तिक २१, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 5.0K Views

    सर्वदलीय बैठकबाट बाहिरिए माधव नेपाल

    काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आमन्त्रणमा बोलाइएको सर्वदलीय बैठकमा सत्तागठबन्धन घटक नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल केहीबेरमै निस्किएका छन् ।

    images

    सिंहदरबारबाट बाहिरिँदै उनले ठूला राजनीतिक दल र गणतन्त्रविरुद्ध भइरहेका टिप्पणीको प्रतिवाद गरे । जनताको विश्वास प्राप्त गरेको व्यवस्थाको बारेमा कसैले केही भन्दैमा त्यसको पछि लाग्न हुँदैन । दलहरूमा एकता आवश्यकता छ । व्यवस्था बदलियो अवस्था बदलिएन भन्ने भाष्य त्यति उपयुक्त होइन’, नेपालले भने ।

    व्यवस्थामा सुधार गरेर अवस्थामा आमूल परिवर्तन ल्याउनुपर्नेमा उनको जोड थियो । उनले शान्ति प्रक्रिया टुंगोमा पु¥याउन आफूहरूको अवरोध नभएको बताए । ‘शान्ति प्रक्रियामा नमिलेको कुरा के छ र रु’, पत्रकारसँग नेपालले भने ।

    सिंहदरबारमा प्रधानमन्त्रीले १२ बुँदे समझदारीदेखि शान्ति प्रक्रिया र संविधान निर्माणमा भूमिका खेलेका दलहको सहभागितामा सर्वदलीय बैठक राखेका हुन् ।


    तेस्रो आँखा