काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
विभागका अनुसार देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ ।
पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेकाे छ ।
