• ट्रेण्डिङ्ग :
रेशम चौधरी विरूद्धको मुद्दाको सुनुवाइ स्थगित

रेशम चौधरी विरूद्धको मुद्दाको सुनुवाइ स्थगित


  • 3.0K
    SHARES
    • कार्तिक २३, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 4.7K Views

    रेशम चौधरी विरूद्धको मुद्दाको सुनुवाइ स्थगित

    काठमाडौं २३ कात्तिक/ रेशम चौधरीविरूद्धको मुद्दामा पाँच महिनापछि तोकिएको सुनुवाइ स्थगित भएको छ । सर्वोच्च अदालतमा आज तोकिएको सुनुवाइ स्थगित भएको अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।

    images

    सर्वोच्च अदालतमा गोला थुतेर इजलास तोकिन्छ। सोही प्रक्रियाअनुसार रेशम चौधरी विरूद्धको मुद्दा स्थगितमा परेको सूचना अधिकारी घिमिरेले जानकारी दिए । टीकापुर घटनामा दोषी ठहर भई डिल्लीबजार कारागारमा रहेका चौधरी राष्ट्रपतिबाट कैद मिनाहा भई गत जेठ १५ गते थुनामुक्त भएका थिए ।

    ०७२ भदौमा टीकापुरमा २ वर्षीय बालक र एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी मारिएको घटनामा सर्वोच्च अदालतले ०७५ फागुनमा चौधरीलाई मुख्य योजनाकार ठहर गर्दै सर्वश्वसहित जन्मकैद फैसला सुनाएको थियो । गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैदमिनाहा गरेपछि चौधरी गत जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए ।

    टीकापुर घटनामा मृत्यु भएका तत्कालीन एसएसपी लक्ष्मण न्यौपानेको परिवारले रेशम चौधरीको कैद मिनाहाविरूद्ध सर्वोच्चमा रिट दिएका थिए । जेठ २३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै उक्त मुद्दामा अदालतले अग्राधिकार दिएको थियो । अग्राधिकार दिएपनि पाँच महिनापछि सुनुवाइ तोकिएको मुद्दा स्थगित भएको हो ।


    तेस्रो आँखा