• ट्रेण्डिङ्ग :
मुगु सामूहिक हत्या प्रकरणका अभियुक्त सार्वजनिक

मुगु सामूहिक हत्या प्रकरणका अभियुक्त सार्वजनिक


  • 5.1K
    SHARES
    • कार्तिक २४, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 7.8K Views

    मुगु सामूहिक हत्या प्रकरणका अभियुक्त सार्वजनिक

    मुगु, २४ कात्तिक । मुगुको छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँमा वंश नै नाश हुने गरि भएको सामूहिक हत्या प्रकरणका अभियुक्त सार्वजनिक गरिएको छ ।

    images

    हत्यारा छायानाथ रारा नगरपालिका–७ पिना गाउँका ३१ वर्षीय काले भनिने गोर्खबहादुर शाही र सोही नगरपालिका वडा नं ६ मुन्दु गाउँका ३१ वर्षीय गोपाल बोहोरालाई हत्या भएको १५ दिन पछि आज प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय मुगुमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा उनीहरुलाई सार्वजनिक गरिएको हो ।

    कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) भिम प्रसाद ढकालले घट्नामा सङ्लग्न दोषीहरू लाई सार्वजनिक गर्दै पुरानो रिसिइबी र धनमाल लुटपाट गर्नका साथै वैदेशिक रोजगारमा जान मृतकका श्रीमानले अभियुक्त गोपाललाई सहयोग नगरेकोले २०८० जेठमा हत्याको योजना बनाई कार्तिक ८ गते राति आमासहित चार जनाको हत्या गरेको अभियुक्तहरूले स्वीकारेको जानकारी दिए ।

    हत्या पश्चात् घरमा ताला लगाई शाही जुम्ला र मुगुको सिमाना भुलभुलेसम्म पैदल हिँडेर बस चढेर सुर्खेत पुगेका थिए भने अर्का अभियुक्त बोहोरा घरमै थिए । निजहरूलाई केही दिन अघि शाहीलाई सुर्खेत र बोहरालाई घटनास्थल मुन्दुबाटै पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।

    बोहरा मृतकका नातेदार हुन भने शाही छिमेकी गाउँका रहेका थिए । घट्नाको मुख्य अभियुक्त पत्ता लागे पनि घट्नाको अनुसन्धान जारी नै रहेको प्रहरी प्रमुख ढकालले बताए ।


    तेस्रो आँखा