• ट्रेण्डिङ्ग :
सहिदहरुको सम्मानको लागि प्रतिवद्ध छौ :मन्त्री मास्की 

सहिदहरुको सम्मानको लागि प्रतिवद्ध छौ :मन्त्री मास्की 


  • 3.6K
    SHARES
    • कार्तिक २६, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.6K Views

    सहिदहरुको सम्मानको लागि प्रतिवद्ध छौ :मन्त्री मास्की 

    घोराही २६ कात्तिक/ लुम्बिनी प्रदेशका अर्थ मन्त्री धनबहादुर मास्कीले सहिदहरुको सम्मानको लागि सधै सम्मान र सहयोग हुने प्रतिवद्धता ब्यक्त गरेका छन् । घोराही १७ बेलभारमा सहिद ऋषि राधा स्मृति केन्द्रको प्रथम साधारणसभा तथा श्रद्धाञ्जली कार्यक्रम  बोल्दै उनले दोहोरो भिडन्तमा मारिनु सामान्य भएपनी  निर्दोष मान्छेलाई समेत हत्या गरिएको भन्दै सहिदहरुको स्मरण गरे । देशमा गणतन्त्र र परिबर्तन हजारौ सहिदको सपनाले मात्र आएको उनले बताए ।

    images

    कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अर्थमन्त्री मास्कीले राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना जनयुद्धको कारणले नै आएको दाबी गरे । जनमतको आधारमा माओबादी कमजोर भएपनी सहिदका सपना साकार पार्न सक्ने स्थानमा आफुहरु रहेको  उनले  बताए । देशमा अहिले सुशाषणको थालनी भएको भन्दै उनले प्रचण्ड नेतृत्वको सरकारले समृद्धिको नजिर बसालेको दाबी गरे । केन्द्रको ऋषि राधा पार्क बनाउने योजनामा प्रदेश सरकारको पुर्ण सहयोग रहने उनले बताए । कार्यक्रममा राप्ती गाउँ पालिकाका अध्यक्ष प्रकास बिष्टले जन युद्धका बेला गरिएका सबै बाचाहरु पूरा गर्न नसकिय पनि धेरै सकारात्मक कामको शुरुवात भएको बताए । माओबादीको पुर्ण बहुमत नभएकोले पनि धेरै काम गर्न नसकिएको उनले बताए ।

    ऋषि राधा स्मृति केन्द्रलाइ गाउँ पालिकाको तर्फबाट पुर्ण सहयोग रहने उहाले प्रतिबदता ब्यक्त गरे । स्मृति केन्द्रका जेष्ठ सदस्य शोभाकुमारी उपाध्यायको अध्यक्षतामा सप्पन्न  कार्यक्रममा राप्ती गाउँ पालिकाका स्वास्थ साखा प्रमुख नारायण रावत,शिक्षक देबि अधिकारी ,बिकास प्रकाश स्मृति प्रतिस्ठानका अध्यक्ष  बसन्तराज शर्मा, नेकपा माओबादीका  प्रदेस सदस्य रामचन्द्र घिमिरे लगाएतले मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रममा ऋषि राधा स्मृति केन्द्रका अध्यक्ष  बासुदेब घिमिरेले संस्थाको उद्देस्यको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।  कार्यक्रमको संचालन केन्द्रका रमेश अधिकारीले गरेका थिए ।


    तेस्रो आँखा