• ट्रेण्डिङ्ग :
महोत्तरी प्रहरीको गोली प्रहारबाट दुई जना घाइते

महोत्तरी प्रहरीको गोली प्रहारबाट दुई जना घाइते


  • 3.3K
    SHARES
    • कार्तिक २९, २०८० बुधबार
    • २ बर्षs अघि
    • 5.1K Views

    महोत्तरी प्रहरीको गोली प्रहारबाट दुई जना घाइते

    जनकपुरधाम, २९ कात्तिक । महोत्तरीमा प्रहरीले हानेको गोली लागेर दुई जना घाइते भएका छन् । घाइते हुनेमा सर्लाही लालबन्दी नगरपालिका–२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवान रहेका छन् ।

    images

    दुबैजनालाई बायाँ खुट्टामा गोली लागेको छ । उनीहरुको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ । उनीहरु यही कात्तिक २० गते महोत्तरीको जलेश्वर नगरपालिका ८ सानो रतवारामा भएको डकैतीमा संलग्न रहेको प्रहरीको भनाइ छ ।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीका मंगलबार दिउँसो रौतहटको गरुडाबाट दुबैजनालाई पक्राउ गरेर महोत्तरी ल्याउने क्रममा भाग्न खोजेपछि गोली हान्नु परेको हो ।

    उनका अनुसार सर्लाहीको संग्रामपुर भन्ने स्थानमा आइपुग्दा महोत्तरी प्रहरीको गाडी बिग्रिएको थियो । त्यसपछि सर्लाही प्रहरीको गाडी मगाइयो । महोत्तरीको सीमा सोनमा गाउँपालिका ५ मा पुनः महोत्तरी प्रहरीको अर्को भ्यानमा दुबैजनालाई राख्ने क्रममा उनीहरु हतकडीसहित गाडीबाट हामफालेर भाग्न खोजेपछि गोली प्रहार गर्नुपरेको डिएसपी गिरीले बताए ।

    त्यतिबेला रातिको १० बजेको थियो । उनीहरुमाथि तीन राउण्ड गोली प्रहार गरेर पुनः पक्राउ गरिएको डिएसपी गिरीले बताए । दुबैजनाको वायाँ तिघ्रामा गोली लागेको छ । दुबैजनामाथि मुलुकी अपराध सहिता २०७४ को परिच्छेद २० को दफा २४४ बमोजिम सजाय हुने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।


    तेस्रो आँखा