• ट्रेण्डिङ्ग :
केही दिनभित्रै प्रहरी ऐन आउँछ : प्रचण्ड

केही दिनभित्रै प्रहरी ऐन आउँछ : प्रचण्ड


  • 5.0K
    SHARES
    • मंसिर १, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 7.6K Views

    केही दिनभित्रै प्रहरी ऐन आउँछ : प्रचण्ड

    पोखरा १ मंसिर/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकारका लागि आवश्यक प्रमुख प्रहरी समायोजन ऐन, निजामती ऐन र संघीय शिक्षा ऐन छिट्टै पारित गरेर कार्यान्वयनमा आउने दाबी गरेका छन् ।

    images

    यी तीन वटा ऐनमात्रै टुंगिएर प्रदेश सरकार शक्तिशाली हुनेबित्तिकै जनताले प्रत्यक्ष रुपले सिंहदरबार हाम्रो घरदैलोमा आएकै छ भन्ने थाहा पाउने उनले दाबी गरे ।

    तनहुँको आँबुखैरेनी गाउँपालिकामा निर्माण भएको आँबुखैरेनी अस्पतालको उद्घाटन गर्दै प्रचण्डले जबसम्म प्रदेश सरकार हो भन्ने अनुभूति जनतालाई दिलाउन सकिँदैन, तबसम्म प्रदेशको महत्व के हो भन्ने कुरा विश्वास दिलाउन पनि गाह्रो हुने बताए ।

    ‘प्रहरी समायोजन ऐन त बनिसकेको छ । खाली कार्यान्वयनको कुरामात्रै हो । गएको ३/४ दिन लगातार प्रहरी, गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालयमा लगातार छलफलमा छु,’ प्रधानमन्त्री प्रचण्डले भने ।

    केही दिनभित्रै प्रहरी समायोजन ऐन कार्यान्वयनमा आउने र प्रदेशसँग लाठी हुने प्रचण्डले दाबी गरे । ‘लाठी नभइकन सरकार हुँदैन । जोसँग सेना छैन, पुलिस छैन, उसले ल एन्ड अर्डर मेन्टेन कसरी गर्छ ? लाठी हुने छ,’ प्रचण्डले भने ।

    दोस्रो, सरकार हुनका निम्ति नभइ नहुने कुरा कर्मचारी नै भएकाले संघीय निमामती ऐन छिट्टै पारित हुने प्रचण्डले बताए ।गठबन्धनभित्र सहमति गराउने कुरा आफैंमा चुनौतिपूर्ण रहेको भन्दै प्रचण्डले धेरै मिहिनेत गरेर संघीय निजामती ऐन बनाइएको जिकीर गरे ।

     

     


    तेस्रो आँखा