• ट्रेण्डिङ्ग :
काठमाडौंमा एमाले जनसंगठनको विशेष बैठक बस्दै

काठमाडौंमा एमाले जनसंगठनको विशेष बैठक बस्दै


  • 2.8K
    SHARES
    • मंसिर २, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.3K Views

    काठमाडौंमा एमाले जनसंगठनको विशेष बैठक बस्दै

    काठमाडौं ,२ मङ्सिर । नेकपा एमालेले मङ्सिर ७ गते गर्ने विरोध प्रदर्शन र मध्य पहाडी यात्राको तयारीका लागि आज जनसंगठन समन्वय संयन्त्रको विशेष बैठक बस्दै छ ।

    images

    पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे आह्वान गरिएको बैठकमा पार्टीका सबै २३ वटै जनसङ्गठनका पदाधिकारी र काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरुलाई सहभागी हुन आह्वान गरिएको छ ।

    मङ्सिर ७ गते युवा र विद्यार्थीहरूले विभिन्न पाँच वटा माग राखेर मङ्सिर ७ गते माइती घर मण्डलामा विरोध प्रदर्शन गर्दै छन् ।

    उक्त कार्यक्रमको तयारीको बिषयमा छलफल गर्न आजको बैठक डाकिएको राष्ट्रिय युवा सङ्घका निवर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य किरण पौडेलले जानकारी दिए । पार्टी अध्यक्ष केपी शर्मा ओलीले विशेष निर्देशन दिने कार्यक्रम छ ।

    मङ्सिर ७ गते काठमाडौँमा युवा संघ नेपाल र अनेरास्ववियुले भ्रष्टाचार र अनियमितताका विरुद्ध,सामाजिक सद्भाव भड्काउने र धार्मिक सहिष्णुता भत्काउने विरुद्ध,राज्यको अकर्मण्यता विरुद्ध,राज्य आतंक् विरुद्ध र सामाजिक अराजकता विरुद्ध आन्दोलन गर्न लागेको छ ।

    आजको बैठकमा पार्टीले मङ्सिर १४ गते देखि गर्न लागेको मध्य पहाडी राजमार्गको यात्राको तयारीका सन्दर्भमा विभिन्न जनसङ्गठनहरूको भूमिकाको विषयमा पनि छलफल हुने बताइएको छ ।


    तेस्रो आँखा