• ट्रेण्डिङ्ग :
माओवादी केन्द्र र समाजवादीले पार्टी एकतालाई निरन्तरता दिने

माओवादी केन्द्र र समाजवादीले पार्टी एकतालाई निरन्तरता दिने


  • 2.7K
    SHARES
    • मंसिर ३, २०८० आइतबार
    • २ बर्षs अघि
    • 4.1K Views

    माओवादी केन्द्र र समाजवादीले पार्टी एकतालाई निरन्तरता दिने

    काठमाडौं, ०३ मंसिर । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकता प्रक्रियालाई निरन्तरता दिइने भएको छ । माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बसेको दुई दलको वार्ता टोलीको संयुक्त बैठकले एकता प्रक्रियालाई अगाडि बढाउने सहमति गरेका हुन् ।

    images

    बैठकको सुरुमा एकता वार्ता समितिको विगतको गतिविधिबारे रिपोर्टिङ गरिएको संयुक्तरुपमा जारी विज्ञप्तिमा भनिएको छ । बैठकमा पार्टी एकताका लागि दुवै पार्टी केन्द्रलाई पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिने भएको छ । समितिले दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयमा छलफल गरी सहमतिका आधारमा अगाडि बढ्ने सहमति गरेका छन् ।

    त्यस्तै, पार्टीको विधान, नाम, सङ्गठनात्मक संरचना, चुनाव चिन्हलगायतका विषयमा एकता समितिले सहमति गरे अनुरुप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय भएको छ । बैठकपछि माओवादी केन्द्रका तर्फबाट वार्ता समितिका संयोजक कृष्णबहादुर महरा र नेपाल समाजवादी पार्टीका संयोजक गङ्गानारायण श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

    बैठकमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, नेपाल समाजवादी पार्टीका नेताहरु दुर्गा सोवलगायतको उपस्थिति थियो ।


    तेस्रो आँखा