• ट्रेण्डिङ्ग :
केही स्थानमा आज हल्का हिमपातको सम्भावना

केही स्थानमा आज हल्का हिमपातको सम्भावना


  • 2.3K
    SHARES
    • मंसिर ५, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 3.5K Views

    केही स्थानमा आज हल्का हिमपातको सम्भावना

    काठमाडौं ।  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम मंगलबार सामान्यतया सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ। 

    images

    महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। चिसो बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।


    तेस्रो आँखा