काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम आज बिहान १०.३ डिग्री सेल्सियस छ । ५ः४५ बजे काठमाडौंको तापक्रम १०.३ डिग्री सेल्सियस मापन गरिएको हो ।
आज दिउँसो काठमाडौंको तापक्रम २२ देखि २४ डिग्री सेल्यिससम्म पुग्ने मौसमविद् राजु प्रधानाङले जानकारी दिए ।
"केही हप्तायता काठमाडौंको तापक्रम १० डिग्री सेल्सियसको वरिपरि रहेको छ,” मौसमविद् प्रधानाङले बाह्रखरीसँग भने । अझै केही दिन १० डिग्री सेल्सियसको सेरोफेरोमा काठमाडौंको तापक्रम रहने उनको भनाइ छ ।
“तत्कालै धेरै चिसो बढ्ने अहिले देखिँदैन । यो मौसमअनुसार नै विस्तारै तापक्रम घट्दै जानेछ” उनले भने ।
