• ट्रेण्डिङ्ग :
विस्तृत शान्ति सम्झौताका बाँकी काम शीघ्र कार्यान्वयन गर्न छलफल

विस्तृत शान्ति सम्झौताका बाँकी काम शीघ्र कार्यान्वयन गर्न छलफल


  • 2.1K
    SHARES
    • मंसिर ६, २०८० बुधबार
    • २ बर्षs अघि
    • 3.3K Views

    विस्तृत शान्ति सम्झौताका बाँकी काम शीघ्र कार्यान्वयन गर्न छलफल

    काठमाडौँ ६ मंसिर/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग मङ्गलवार आफ्नै सरकारी निवासमा विस्तृत शान्ति सम्झौताका विविध पक्षमा छलफल गर्नुभएको छ ।

    images

    उक्त सम्झौताअन्तर्गत कार्यान्वयन गर्न बाँकी रहेका विषयलाई यथासक्य चाँडो टुङ्ग्याउने सम्बन्धमा नेतात्रयबीच छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

    उहाँहरूबीच शान्ति सम्झौताका १७ वर्षका प्रगति र अनुभवको समीक्षा तथा आगामी दिनको योजनाबारे छलफल भएको थियो । २०६३ मङ्सिर ५ गने तत्कालीन नेकपा९माओवादी० र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबीच उक्त सम्झौतामा हस्ताक्षर भएको थियो ।


    तेस्रो आँखा