• ट्रेण्डिङ्ग :
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिमपातको सम्भावना

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिमपातको सम्भावना


  • 1.9K
    SHARES
    • मंसिर ९, २०८० शनिबार
    • २ बर्षs अघि
    • 3.0K Views

    गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिमपातको सम्भावना

    काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हिमपातको सम्भावना रहेको हो । 

    images

    जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

    विभागले दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । 

    उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    विभागका अनुसार राति कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । 

    गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।


    तेस्रो आँखा