• ट्रेण्डिङ्ग :
नेताकै कारण जनतामा व्यवस्था गलत भन्ने भ्रम हुन थाल्यो : रवि लामिछाने

नेताकै कारण जनतामा व्यवस्था गलत भन्ने भ्रम हुन थाल्यो : रवि लामिछाने


  • 2.7K
    SHARES
    • मंसिर ९, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.2K Views

    नेताकै कारण जनतामा व्यवस्था गलत भन्ने भ्रम हुन थाल्यो : रवि लामिछाने

    रौतहट , ९ मंसिर /  राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं पूर्व गृहमन्त्री रवि लामीछानेले केही दल र नेताहरूकै कारण लोकतन्त्र, गणतन्त्र व्यवस्था प्रति जनताको गुनासो बढेको बताएका छन् । ‘अहिले जे भइरहेको छ त्यो जनताको निराशाको अभिव्यक्ति हो,' उनले भने, ‘दल र नेता बलियो भइदिएको भए यो अवस्था आउँदैनथ्यो होला ।’

    images

    रौतहटको चन्द्रनिगाहपुरमा शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रपुरद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेको आन्दोलन दल र नेताहरू कै उपज भएको बताए । ‘आम सर्वसाधरणले खराब नेताहरूको नाम लिन चाहायो भने गनेर साध्यै लाग्दैन्,' उनले भने, ‘आम नागरिकको बुझाइमा व्यवस्था गलत भन्ने हुँदै गएको छ । हामीले व्यवस्था हैन अवस्था परिवर्तन गर्नु पर्छ भनेका छौं ।’

    मधेश केन्द्रित सभाहरूमा सहभागी हुने क्रममा रौतहट आएका अध्यक्ष लामिछानेले सदरमुकाम गौर र सन्तपुरमा आयोजना हुन लागेको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले विश्वका धेरैजसो देशहरूले यही व्यवस्थाको जग टेकेर प्रगति गरिरहेको सुनाए ।

    पत्रकार भेटघाट कार्यक्रममा दलका नेताहरू प्रति उनले लामो समयसम्म गुनासो र टिपणि गरे । ‘लोकतन्त्र र अहिलेको सविधानमा चित्त नबुझेको कुरा भन्न र विरोध गर्न पाउने अधिकार छ । त्यही अधिकार टेकेर कसैले विरोध गर्छ भन्ने सरकार दमनको बाटोमा लाग्नु हुन्न,' उनले भने, ‘सुरक्षाको प्रत्याभूति दिलाउने काम सरकारको हो । तर शान्ति सुरक्षा खलल भयो भने मात्र उसले सुरक्षा व्यवस्था प्रतिख्याल राख्नु पर्छ ।’

    मधेशमा रास्वपा कमजोर छ की भन्ने प्रश्नमा उनले भने, ‘मधेशमा हाम्रो संगठन कमजोर छ भन्न सकिन्न । मतको हिसाबले मधेशमा ल्याएकै छौं । अहिले नै कुन जिल्लामा कमजोर र बलियो भन्न गाह्रो छ । अन्य प्रदेश भन्दा मधेशमा हामी बलियो हुन नपाएको चै हो । अब राणनीतिक हिसाबले हामी अघि बढ्दै छौं । अब मधेशलाई प्राथमिकताका साथ अघि लैजान्छौं । अब मूल्याकंन गर्ने बेला आएको छ ।’

    उनले अर्थतन्त्र धराशायी हुँदासम्म अर्थमन्त्रीले राम्रो छ भन्नु हास्यास्पद भएको टिप्पणी गरे । प्रधामन्त्री पुष्पकमल दाहालले आब्हान गरेको सर्वदलीय बैठकमा यो दलबाट यो आयो भनेर संख्या गन्ने मात्र काम भएको छ,' उनले भने, ‘देशको अर्थतन्त्र बलियो हुने आधारको खोजी गरिएको छैन । खाली देखावटी रुपमा बैठक बोलाइयो भन्ने मात्र पारिएको छ ।’

     

     


    तेस्रो आँखा