• ट्रेण्डिङ्ग :
कमला बचाऔं अभियानलाई साथ दिने लामिछानेको वचन

कमला बचाऔं अभियानलाई साथ दिने लामिछानेको वचन


  • 3.6K
    SHARES
    • मंसिर ११, २०८० सोमबार
    • २ बर्षs अघि
    • 5.6K Views

    कमला बचाऔं अभियानलाई साथ दिने लामिछानेको वचन

    काठमाडौं , ११  मंसिर / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कमला नदी बचाऔं अभियानलाई साथ दिने बताएका छन् । आज धनुषास्थित कमला नगरपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले सो कुरा बताएका हुन् ।

    images

    कमला बचाऔं अभियानलाई केन्द्रसम्म पुर्‍याने हुलाकी राजमार्गको मुद्दा उठाइरहने उनले बताए । त्यो जिम्मेवारी आफूले लिएको भन्दै उनले सडकदेखि सदनसम्म कुरा उठाउने बताए ।

    मधेश, पहाड र हिमालको मुद्दा त्यसै स्थानले मात्रै उठाउने प्रवृत्ति रहेको बताउँदै उनले भने, ‘जब मधेशको मुद्दा देशको मुद्दा हुन्छ, पहाडको मद्दा देशको मुद्दा हुन्छ । त्यो बेला आधा भन्दा बढी जनसंख्या भएको मधेश अँध्यारोमा बस्नु पर्दैन ।’

    मधेशले आफूलाई ऋणी बनाएको भन्दै लामिछानेले उक्त ऋण व्याजसहित तिर्ने बताए ।

    मधेशका कार्यक्रममा केन्द्रित भइरहेको रास्वपाले आजदेखि तीन दिनसम्म केन्द्रीय समिति र संसदीय दलको बैठक महोत्तरीको जलेश्वरमा गर्दैछ ।


    तेस्रो आँखा