• ट्रेण्डिङ्ग :
कर्मचारीको भत्ता कटौतीले संसद् चलाउन समस्या भयो : सभामुख घिमिरे

कर्मचारीको भत्ता कटौतीले संसद् चलाउन समस्या भयो : सभामुख घिमिरे


  • 4.3K
    SHARES
    • मंसिर ११, २०८० सोमबार
    • २ बर्षs अघि
    • 6.6K Views

    कर्मचारीको भत्ता कटौतीले संसद् चलाउन समस्या भयो : सभामुख घिमिरे

    काठमाडौं, ११ मंसिर । सभामुख देवराज घिमिरेले संसद् सचिवालयका कर्मचारीको भत्ता कटौती हुँदा कार्यालय समयबाहेक संसद् चलाउन समस्या भएको बताएका छन् ।

    images

    सोमबार संसदीय समितिका सभापतिहरुसँग समितिको काम कारबाहीका विषयमा भएको छलफलमा सभामुख घिमिरेले सरकारले संसद्को बजेट नियन्त्रण गरेका कारण समस्या भएको बताए ।

    ‘हाम्रो बाध्यता के छ भने अफिस टाइम भन्दा फरक टाइममा संसद् नचलाइकन काम चलाउनुपर्छ है भन्ने अर्थ मन्त्रालय र अर्थमन्त्रीको स्पष्ट आग्रह छ । आग्रह मात्रै होइन, यो त नियन्त्रण नै छ’ उनले भने, ‘व्यवहारमा अतिरिक्त केही नदिइसकेपछि चल्न गाह्रो छ ।’

    सरकारी कार्यालयजस्तो नियमित कामकारबाही हुने ठाउँ र संसद्को प्रकृति फरक छ भन्ने विषयमा अर्थमन्त्रीसँग कुरा गरेको हेर्दै जाउँला न त भनेको तर न्यूनतम पनि बजेटको प्रबन्ध नगरेको सभामुख घिमिरेले बताए ।

    विगतमा संसद् सचिवालयका कर्मचारीलाई कार्यालय समय भन्दा थप समय काम गर्दा भत्ताको व्यवस्था थियो । तर पछिल्ला वर्षमा सरकारले खर्च कटौती गर्नुपर्ने भन्दै कर्मचारीलाई भत्ता नदिने घोषणा गरेपछि हाल संसदमा कर्मचारीले भत्ता पाएका छैनन् ।

    ‘विगतमा पनि उहाँहरुले बिहानदेखि बेलुकासम्म खट्दा पनि खाजासम्म पनि खुवाउने परिस्थिति नभएर विगतकै (भत्ता) दिन सकेका छैनौं । त्यो भन्दा पहिला सुविधा दिने परम्परा थियो । यसलाई व्यवस्थित नगर्ने हो भने चल्न नसक्ने स्थिति छ’, उनले भने ।


    तेस्रो आँखा