• ट्रेण्डिङ्ग :
रुपन्देहीको मर्चवारमा पेट्रोल छर्केर युवकको हत्या

रुपन्देहीको मर्चवारमा पेट्रोल छर्केर युवकको हत्या


  • 4.0K
    SHARES
    • मंसिर १५, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 6.1K Views

    रुपन्देहीको मर्चवारमा पेट्रोल छर्केर युवकको हत्या

    रुपन्देही १५ मंसिर/ रुपन्देहीको मर्चवारमा पेट्रोल छर्केर एक जनाको हत्या गरिएको छ । मर्चवारको कोटहीमाई गाउँपालिका वडा नं.६ हर्दीका १९ बर्षिय देवीदिन मुरावको हत्या गरीएको परिवाको आरोप छ । गत मंसिर ५ गते साझको समयमा एक आपसमा विवाद हुँदा मुरावलाई कुटपीट गरी पेट्रोल छर्केर हत्या गर्ने प्रयास गरीएको थियो । पेट्रोलले जलेर घाइते भएका मुरावको मंसिर ७ गते भैरहवाको मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

    images

    प्रहरीका अनुसार देवीदीन मुराव र कोटहीमाई–४ बरहदवा बस्ने २२ वर्षिय मदन सहानी र उनकै भाइ २० वर्षिय सदन सहानीसँग विवाद भएपछि उक्त घटना भएको हो । देवीदीनले मदन सहानीको मोटरसाइकल मर्मत गरेको र सोही मर्मत गरेको रकम माग्दा विवाद उत्पनन भएपछि घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए ।

    उनका अनुसार घटनाको बिषयमा मृतकका परिवारले जिल्ला प्रहरी कार्यालय रुपन्दहीका उजुरी गरेपछि मदन सहानीलाई प्रहरीले गत मंसिर ६ गते पक्राउ गरेको थियो । घटना शंकास्पद रहेकोले मदन सहानीलाई हिरासतमा राखेर जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी भट्टले जानकारी दिए । मृतक मुराव कोटहीमाई गाउँपालिका–७ स्थित हर्दीचोकमा पसल सञ्चालन गर्दै आएका थिए ।


    तेस्रो आँखा