• ट्रेण्डिङ्ग :
नेपाली कांग्रेसको प्रथम लुम्बिनी प्रदेश सम्मेलनको बन्दसत्र सुरु

नेपाली कांग्रेसको प्रथम लुम्बिनी प्रदेश सम्मेलनको बन्दसत्र सुरु


  • 3.7K
    SHARES
    • मंसिर १७, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.7K Views

    नेपाली कांग्रेसको प्रथम लुम्बिनी प्रदेश सम्मेलनको बन्दसत्र सुरु

    बुटवल १७ मंसिर/ नेपाली कांग्रेसको प्रथम लुम्बिनी प्रदेश सम्मेलनमा आइतबारदेखि बन्दसत्र सुरु भएको  छ । बन्दसत्रमा उपसभापति भुवनप्रसाद श्रेष्ठले राजनीतिक प्रतिवेदन पेस गरेका हुन् । त्यस्तै बन्दसत्रमा सांगठानिक प्रतिवेदन महामन्त्री सुरेन्द्र आचार्यले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रकाश रानाले गर्नेछन् ।

    images

    ती प्रतिवेदनमा महासमिति सदस्यले आवश्यक सुझाव राख्ने छन्। उक्त प्रतिवेदनलाई लुम्बिनी प्रदेशबाट पार्टीको महाधिवेशनमा लैजाने लुम्बिनी प्रदेश सभापति अम्बर सिंह पुनले बताए । सम्मेलनमा लुम्बिनी प्रदेशमा प्रदेशका ७ सय ५० प्रतिनिधिहरूको सहभागिता रहेको छ।

    बन्दसत्रमा प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रका  प्रदेश महाधिवेशन प्रतिनिधि,प्रदेश क्षेत्रीय सभापति,क्षेत्रीय सभापति,जिल्ला सभापति,भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष,प्रदेश पदाधिकारी,सदस्य सल्लाहकार र प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीहरूको सम्मेलनमा सहभागिता रहेको छ।  यसअघि शनिबार सभापति शेरबहादुर देउवाले सम्मेलनको उद्घाटन गरेका थिए ।


    तेस्रो आँखा