• ट्रेण्डिङ्ग :
दुई किलो अवैध सुनसहित तीनजना पक्राउ

दुई किलो अवैध सुनसहित तीनजना पक्राउ


  • 4.3K
    SHARES
    • मंसिर २२, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 6.6K Views

    दुई किलो अवैध सुनसहित तीनजना पक्राउ

    काठमाडौं , २२ मंसिर / दुई किलो अवैध सुनसहित तीनजना पक्राउ परेका छन्। रसुवाबाट काठमाडौं आउँदै गरेको गाडीबाट प्रहरीले उक्त सुनसहित तीन जनालाई पक्राउ गरेको हो।

    images

    उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नागढुंगाबाट सुन बरामद गरेको प्रवक्ता तथा प्रहरी उपरिक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

    उनीहरूमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ। पक्राउ पर्ने तीनजना गौरीशंकर गाउँपालिकाका व्यक्ति हुन्। उनीहरूले रसुवा नाकाबाट सुन ल्याएको खुलेको रेग्मीले बताए। यस्तै, आज मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित २ जना पक्राउ परेका थिए।


    तेस्रो आँखा