• ट्रेण्डिङ्ग :
चेकजाँचको क्रममा २ किलो ८ सय ग्राम लागुऔषध सहित एक चालक पक्राऊ

चेकजाँचको क्रममा २ किलो ८ सय ग्राम लागुऔषध सहित एक चालक पक्राऊ


  • 3.7K
    SHARES
    • मंसिर २५, २०८० सोमबार
    • २ बर्षs अघि
    • 5.6K Views

    चेकजाँचको क्रममा २ किलो ८ सय ग्राम लागुऔषध सहित एक चालक पक्राऊ

    धनगढी , २५ मंसिर / प्रहरीले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा झण्डै ३ किलो चरेशसहित एम्बुलेन्स चालकलाई पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेमा बझाङको केदारस्यु गाउँपालिका-३ बस्ने ३७ वर्षीय रामबहादुर खाती रहेका छन् ।

    खातीले चलाएको सुपप्र०१००१ झ ०५४२ नम्बरको बझाङको रायल प्राथमिक स्वास्थ्य चौकी देउराको एम्बुलेन्सलाई शंकाका आधारमा चेकजाँच गर्दा २ किलो ८ सय ग्राम लागुऔषध चरेस भेटिएपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले बताए ।

    पक्राउ परेका चालक र एम्बुलेन्सलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

     


    तेस्रो आँखा