• ट्रेण्डिङ्ग :
चेक जाँच गर्ने क्रममा अवैध हिरासहित , एक भारतीय नागरीक पक्राऊ

चेक जाँच गर्ने क्रममा अवैध हिरासहित , एक भारतीय नागरीक पक्राऊ


  • 6.0K
    SHARES
    • मंसिर २६, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 9.3K Views

    चेक जाँच गर्ने क्रममा अवैध हिरासहित , एक भारतीय नागरीक पक्राऊ

    काठमाडौं , २६ मंसिर / दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट करिब ३ लाख २७ हजार ३ सय ३९ रूपैयाँ बराबरको अवैध हिरासहित काठमाडौं सुन्धारा बस्ने भारत पश्चिम बंगाल घर भएका ४४ वर्षीय संजय मैतीलाई गएराति प्रहरीले पक्राउ गरेको छ।

    images

    वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ५४७७ नम्बरको सुमोलाई फर्पिङ चेकपोष्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई बिल नभएको भन्सार छली ल्याएको हिराजस्तो देखिने धातुसहित फेला पारेको र उक्त धातु सुनचाँदी व्यवसायी संघबाट परीक्षण गर्दा हिरा भएको पुष्टि भएको हो।  

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


    तेस्रो आँखा