• ट्रेण्डिङ्ग :
लुम्बिनी प्रदेशमा सरकारी कर्मचारीलाई 'महिनावारी बिदा'

लुम्बिनी प्रदेशमा सरकारी कर्मचारीलाई 'महिनावारी बिदा'


  • 6.3K
    SHARES
    • मंसिर २७, २०८० बुधबार
    • २ बर्षs अघि
    • 9.7K Views

    लुम्बिनी प्रदेशमा सरकारी कर्मचारीलाई 'महिनावारी बिदा'

    दाङ २७ मंसिर/ लुम्बिनी प्रदेशमा निजामती सेवामा कार्यरत महिला कर्मचारीले महिनावारी (पिरियड्स) बिदा पाउने भएका छन् । प्रदेश सभाबाट पारित भई मंसिर २१ गते प्रमाणीकरण भइसकेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी ऐनले महिनावारी बिदाको व्यवस्था गरेको हो ।

    images

    प्रदेश निजामतीको सेवा ऐन गत असार २२ गते प्रदेश सभामा दर्ता भएको थियो । दर्ता भएको विधेयक दफावार छलफल भइ भदौ २२ गते प्रदेश सभाबाट पारित भएको थियो । प्रदेश निजामती सेवा ऐनको दफा ११७ को (१) (ग) मा यस्तो बिदाको व्यवस्था गरिएको छ ।

    महिला कर्मचारीलाई यसअघि प्रसुति बिदा दिने गरिएकोमा लुम्बिनी प्रदेशमा अब महिनाबारी बिदा पनि थपिएको हो । महिनावारी बिदा कति दिन पाउने भन्नेबारे नियमावलीमा तोकिएअनुसार हुनेछ । नियमावली सरकारले कहिले बनाएर पारित गर्छ त्यसपछि बिदा लागू हुनेछ ।

    Mahinawari-bida.webp

     


    तेस्रो आँखा