• ट्रेण्डिङ्ग :
पश्चिम दाङमा सुरु भए विकासका काम, आदर्शनगरमा कालोपत्रे

पश्चिम दाङमा सुरु भए विकासका काम, आदर्शनगरमा कालोपत्रे


  • 5.3K
    SHARES
    • मंसिर ३०, २०८० शनिबार
    • २ बर्षs अघि
    • 8.1K Views

    पश्चिम दाङमा सुरु भए विकासका काम, आदर्शनगरमा कालोपत्रे

    तुलसीपुुर, ३० मंसिर/ पश्चिम दाङमा चालु बर्षकालागि परेको बजेटको कार्यान्वयन सुरु भएको छ । बबई गाउँपालिका वडा नंं.४ स्थित आदर्शनगर टोलमा कालोपत्रेको काम सुरु भएको छ । प्रदेश अर्थमन्त्री धनबहादुर मास्कीले सोही ठाउँमा बिनियोजन गरको एक करोड ३० लाख बजेटले कालोपत्रेको काम सुरु भएको हो ।

    images

    चालु बर्षमा सक्ने गरि सोही स्थानमा कालोपत्रेको काम सुरु भएको हो ।  सडक कालोपत्रे हुन थालेपछि स्थानीय खुसी भएका छन् । सोही स्थानमा लामो समयदेखि कच्ची सडक थियो । कच्ची सडकमा स्थानीयलाई आवतजावतमा समस्या हुने गरेको थियो । अब भने पक्की सडकमा हिड्न पाइने भन्दै स्थानीय खुसी भएका छन् । 


    तेस्रो आँखा