• ट्रेण्डिङ्ग :
पश्चिम दाङका तीन नदी तथा खोलाको कटान रोक्न टेण्डर

पश्चिम दाङका तीन नदी तथा खोलाको कटान रोक्न टेण्डर


  • 5.9K
    SHARES
    • पौष ८, २०८० आइतबार
    • २ बर्षs अघि
    • 9.0K Views

    पश्चिम दाङका तीन नदी तथा खोलाको कटान रोक्न टेण्डर

    तुलसीपुर,८ पुस/ पश्चिम दाङका तीन नदी तथा खोलाको कटान रोक्ने कार्यका लागि प्रक्रिया अघि बढेको छ । बबई नदीसहित पातुखोला र ग्वारखोलाको नदी कटान रोक्नका लागि टेन्डर भएको छ ।

    images

    लुम्बिनी प्रदेश अर्थमन्त्री धनबहादुर मास्कीले बिनियोजन गरेको बजेटबाट जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय दाङले टेण्डर आह्वान गरेको हो । जसमा तुलसीपुर १३ बखरिया क्षेत्रमा पर्ने बबई नदीको बाँया तर्फ ५ सय ७५ मिटर र दाँया तर्फको २ सय ७२ मिटर तटबन्ध हुनेछ ।  त्यस्तै तुलसीपुर १२ तर्फको उत्तर दाँया तिर २ सय ७२ मिटर तटबन्ध हुनेछ । 

    411916703_1503266410243298_2926513744087118552_n.jpg


    तेस्रो आँखा