• ट्रेण्डिङ्ग :
एक करोड बढी घुस लिएको आरोपमा पूर्व रजिष्ट्रार पक्राउ

एक करोड बढी घुस लिएको आरोपमा पूर्व रजिष्ट्रार पक्राउ


  • 3.9K
    SHARES
    • पौष ११, २०८० बुधबार
    • २ बर्षs अघि
    • 6.0K Views

    एक करोड बढी घुस लिएको आरोपमा पूर्व रजिष्ट्रार पक्राउ

    काठमाडौं ११ पुस/ एक करोडभन्दा बढी रकम घुस लिएको आरोपमा सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिष्टार उदयबहादुर पराजुली पक्राउ पर्नुभएको छ । कास्कीको मित्रमिलन सहकारीको कार्यक्षेत्र थप गर्न रकम लिएको आरोपले प्रहरीले पराजुलीलाई पक्राउ गरेको हो

    images

    हाल पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहनुभएका पराजुलीलाई बुधबार प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेको हो । केही दिनअघि जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन पराजुली आज कार्यालय जानुभएको थियो ।

    पराजुलीलाई कार्यस्थलबाटै पक्राउ गरी पोखरा ल्याउँदै गरेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिनुभयो । “उहाँ आज कार्यालय जानुभएको रहेछ, अहिले पोखरा ल्याउँदै छौँ, बाटोमा हुनुहुन्छ,” थापाले भन्नुभयो ।

    कुश्मा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुनुअघि उहाँ सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीमा रजिष्ट्रार हुनुहुन्थ्यो । सोही अवधिमा मित्र मिलनको कार्यक्षेत्र थप गर्ने विषयमा पराजुलीले रकम लिएको सहकारीका सञ्चालकहरूको बयानमा खुलेको र छानबिनमा क्रममा रकम लिएको देखिएको प्रहरीले जनाएको छ ।

    अनुसन्धानका क्रममा एक करोड पाँच लाख रुपियाँ पराजुलीले लिएको देखिएको थियो । मित्रमिलनको रकम अपचलन अभियोगमा अहिलेसम्म पराजुलीसहित छ जना पक्राउ परिसकेका छन् । पोखरा २१ का वडाध्यक्षसहित दुई दर्जनभन्दा बढी अझै फरार छन् । फरारहरूको खोजी भइरहेको र अनुसन्धान जारी रहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।

    मित्रमिलन सहकारीका सात सय ४४ बचतकर्ताले रकम फिर्ताको मागसहित जिल्ला प्रहरी कार्यालय कास्कीमा उनीहरुविरुद्ध जाहेरी दर्ता गरेका छन् । उनीहरूको दाबी २० करोड हाराहारी छ ।


    तेस्रो आँखा