• ट्रेण्डिङ्ग :
लडेपछि न्याय पाइने रहेछ, सबैलाई यस्तै लड्ने हिम्मत जुटोस् : गौशाला-२६

लडेपछि न्याय पाइने रहेछ, सबैलाई यस्तै लड्ने हिम्मत जुटोस् : गौशाला-२६


  • 2.8K
    SHARES
    • पौष १३, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.3K Views

    लडेपछि न्याय पाइने रहेछ, सबैलाई यस्तै लड्ने हिम्मत जुटोस् : गौशाला-२६

    काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेपछि पीडित गौशाला २६ ले लड्दा न्याय पाउने रहेछ भन्ने आज थाहा भएको प्रतिक्रिया दिएकी छिन्।

    images

    छोटो प्रतिक्रिया दिँदै उनले अदालतको फैसलाले खुसी दिएको बताइन्। उनले आफूलाई न्याय मिलेको भन्दै मुद्दा लड्न सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएकी छिन्।

    ‘सबैलाई लड्ने यस्तै हिम्मत जुटोस् लडेपछि न्याय पाइने रहेछ’, उनको प्रतिक्रिया छ।

    काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले आज बलात्कारमा लामिछानेलाई दोषी ठहर गरेको हो।

    सजाय निर्धारण भने पछि गरिने अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए।

     


    तेस्रो आँखा