• ट्रेण्डिङ्ग :
रुपन्देहीको मर्चवारीमा बालिकाको हत्या 

रुपन्देहीको मर्चवारीमा बालिकाको हत्या 


  • 4.8K
    SHARES
    • पौष १४, २०८० शनिबार
    • २ बर्षs अघि
    • 7.4K Views

    रुपन्देहीको मर्चवारीमा बालिकाको हत्या 

    रुपन्देही १४ पुस/ रुपन्देहीको मर्चवारी गाउँपालिका–१ इस्लामपुरमा एक बालिकाको हत्या भएको छ । स्थानीय सात वर्षीया नन्दनी कुर्मीको हत्या भएको हो । उनको शव मर्चवारी–१ इस्लामपुरमा आज फेला परेको हो । कुर्मी शुक्रबारदेखि हराइरहेकी थिइन् ।

    images

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मनोहर भट्टका अनुसार कुर्मीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्यामा संलग्न रहेको आशङ्कमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे  अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भट्टले बताए ।


    तेस्रो आँखा