• ट्रेण्डिङ्ग :
राष्ट्रपति पौडेल आज बुटवल र तनहुँ आउँदै 

राष्ट्रपति पौडेल आज बुटवल र तनहुँ आउँदै 


  • 3.3K
    SHARES
    • पौष २०, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.0K Views

    राष्ट्रपति पौडेल आज बुटवल र तनहुँ आउँदै 

    काठमाडौं,२० पुस/ राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार बुटवल र तनहुँका फरक फरक कार्यक्रममा सहभागि हुने भएका छन्। शुक्रबार बुटवलमा हुने जितगढी किल्ला नेपाली सेनाबाट बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण कार्यक्रममा सहभागि हुनका लागि बुटवल जान लागेका हुन् ।

    images

    राष्ट्रपति पौडेलको उपस्थितीमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाकालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए । राष्ट्रपति पौडेल दिउसो १ बजे जितगढी किल्लामा आउने र किल्लाको अवलोकनपश्चात् हस्तान्तरण कार्यक्रममा सहभागी हुनेछन् ।

    त्यसभन्दा अगाडि राष्ट्रपति पौडेल शुक्रवार नै गृह जिल्ला तनहुँ पनि जाने भएका छन् । राष्ट्रपति पौडेलले भानु नगरपालिकास्थित पुर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समुद्घाटन गर्ने कार्यक्रम रहेको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । यसअघि असोज ६ गते सदरमुकाम दमौलीस्थित जिल्ला सभा हलको उद्घाटनका लागि राष्ट्रपति पौडेल तनहुँ पुगेका थिए । 


    तेस्रो आँखा