• ट्रेण्डिङ्ग :
राजश्व र यातायात कार्यालयका सेवाप्रवाह घोराहीबाट पनि हुनुपर्ने माग

राजश्व र यातायात कार्यालयका सेवाप्रवाह घोराहीबाट पनि हुनुपर्ने माग


  • 14.5K
    SHARES
    • पौष २३, २०८० सोमबार
    • २ बर्षs अघि
    • 22.4K Views

    राजश्व र यातायात कार्यालयका सेवाप्रवाह घोराहीबाट पनि हुनुपर्ने माग

    घोराही, २३ पुस । यातायात व्यवस्था कार्यालय र आन्तरिक राजश्व कार्यालयहरुले दिने सेवा अब घोराहीबाट पनि हुनुपर्ने माग घोराही बनाऔं अभियानले राखेको छ । सोमवार घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले उक्त माग राखिएको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय दाङमा पुगेर प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीलाई बुझाएको हो । 

    images

    घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासन, सल्लाहकारहरु उदय जीएम, रविकिरण केसीलगायत पदाधिकारी एवं सदस्यहरुको टोली जिल्ला प्रशासन कार्यालय दाङमा पुगेको थियो । अभियानले नीतिगत निर्णयका लागि प्रधानमन्त्रीको कार्यालय सिंहदरबार काठमाडौंलाई पनि जिल्ला प्रशासन कार्यालय दाङमार्फत ज्ञापनपत्र बुझाइएको छ । दुई कार्यालयका सेवा बिस्तारका लागि ती कार्यालयहरुसँग समन्वय गरेर सेवा बिस्तार गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरिएको छ । 

    ज्ञापनपत्र बुझेपछि बोल्दै प्रमुख जिल्ला अधिकारी सुवेदीले घोराही बनाऔं अभियान नागरिक दबाब सिर्जना गर्दै समाजमा शान्ति सुरक्षा, विकास निर्माणलगायतका कामहरुमा सहयोगी संस्थाका रुपमा स्थापित हुन खोजेकोमा प्रशंसा गरेका थिए । दुबै कार्यालयको सेवा बिस्तार घोराहीमा हुनुपर्ने माग जायज भएकाले आफ्नो तर्फबाट सहयोग रहने उल्लेख गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # घोराही बनाऔं अभियान

  • तेस्रो आँखा