काठमाडौँ । एपमार्फत अनलाइन क्यासिनो खेलाएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ घर भएका २५ वर्षीया पुजन साँवा, सर्लाही घर भएका २१ वर्षीय निशानराज कार्की र सर्लाही घर भएका २५ वर्षीय निशान गौतम छन् ।
आरोपीहरूले ‘क्यास एप’, ‘मिल्की वे’, ‘फायर किरिन’ र अल्ट्रा पान्डा मार्फत अनलाइन सट्टेबाजी गराउने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।
आरोपीहरू काठमाडौँ उपत्यकाबाट पक्राउ परेका हुन् । उनीहरूलाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसपी रेग्मीले जानकारी दिए ।
