• ट्रेण्डिङ्ग :
बालक अपहरणमा संलग्न तीन जना पक्राउ 

बालक अपहरणमा संलग्न तीन जना पक्राउ 


  • 5.1K
    SHARES
    • पौष २६, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 7.8K Views

    बालक अपहरणमा संलग्न तीन जना पक्राउ 

    मोरङ २६ पुस/ बालक अपहरणमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको जहदा गाउँपालिकाबाट मंगलबार अपहरित बालकलाई सकुशल उद्धार गरिएको हो ।

    images

    अपहरणमा परेका १० वर्षीय धनीधर राजवंशीलाई प्रहरीले विराटनगर महानगरपालिका–१५ बाट उद्धार गरेको हो । उनी जहदा–१ का वडाध्यक्ष बाबुराम राजवंशीका छोरा हुन् ।

    मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार साथीहरूसँग खेल्न गएका बेला धनीधर अपहरणमा परेका थिए । पक्राउ पर्नेमा जहदा–१ का २० वर्षीय अभिषेक यादव, १९ वर्षीय मिथिलेशकुमार यादव र विराटनगर महानगरपालिका–१८ का २१ वर्षीय विवेकानन्द यादव छन् ।

    मोरङकै भाथीगछ पुर्याएपछि स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । त्यसपछि खटिएको प्रहरी टोलीले बालकको उद्धार गरेको थियो ।
     


    तेस्रो आँखा