• ट्रेण्डिङ्ग :
अभियुक्त बम्जनविरुद्ध सुनुवाइ सुरु

अभियुक्त बम्जनविरुद्ध सुनुवाइ सुरु


  • 5.6K
    SHARES
    • पौष २६, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 8.6K Views

    अभियुक्त बम्जनविरुद्ध सुनुवाइ सुरु

    सर्लाही,  २६ पुस / हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत गरिएको छ । 

    images

    जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको हो । उक्त अदालतमा न्यायाधीश विष्णु रेग्मीको इजलासमा उनीविरुद्ध मुद्दाको सुनुवाइ सुरु भएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिनुभयो ।  

    हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मङ्गलबार पक्राउ गरेको थियो ।


    तेस्रो आँखा