• ट्रेण्डिङ्ग :
रामबहादुर बम्जनविरुद्ध बारामा बेपत्ता र हत्या सम्बन्धी जाहेरी दर्ता

रामबहादुर बम्जनविरुद्ध बारामा बेपत्ता र हत्या सम्बन्धी जाहेरी दर्ता


  • 5.4K
    SHARES
    • पौष २९, २०८० आइतबार
    • २ बर्षs अघि
    • 8.2K Views

    रामबहादुर बम्जनविरुद्ध बारामा बेपत्ता र हत्या सम्बन्धी जाहेरी दर्ता

    काठमाडौँ । ‘तपस्वी’ रामबहादुर बम्जनविरुद्ध प्रहरीमा थप दुईवटा जाहेरी परेको छ । उनीविरुद्ध बारामा हत्या, अपहरण तथा बेपत्ता सम्बन्धी जाहेरी दर्ता भएको बाराका एसपी सुरेश काफ्लेले बताए ।

    images

    निजगढ नगरपालिका–१२ स्थित खुमजोरको आश्रमबाट बम्जनले सुरेश कुमार आलेलाई बेपत्ता बनाएको आरोप छ । सिमरा उप महानगरपालिका–१५ वडहर्वा घर भएका ३४ वर्षीय आलेका परिवारले उनलाई अपहरणपछि बेपत्ता बनाएको भन्दै अनुसन्धान गर्न जाहेरी दिएका हुन् ।

    सुरेश कुमार आले २०७२ जेठपछि सम्पर्कविहीन छन् ।

    बम्जनले रिता बोटको हत्या गरेको आरोप छ । सर्लाहीको बागमती नगरपालिका–१२ घर भएकी रिताको बाराको आश्रममा हत्या गरेको भन्दै पीडित परिवारले किटानी जाहेरी दिएका हुन् ।

    २०७५ मा आले र बोटका परिवारले खोजतलास गरिपाऊँ भदै निवेदन दिएका थिए । पछिल्लो जाहेरीको आधारमा अनुसन्धान र कानुनी प्रक्रिया अघि बढेको एसपी काफ्लेले जानकारी दिए ।

    बम्जन हाल बलात्का मुद्दा पुर्पक्षका लागी कारागार कार्यालय सर्लाहीमा थुनामा छन् । २६ पुसमा न्यायाधीश विष्णुप्रसाद रेग्मीले उनलाई थुनामा पठाउन आदेश गरेका हुन् ।


    तेस्रो आँखा