• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री कप क्रिकेट : आर्मीको जित

प्रधानमन्त्री कप क्रिकेट : आर्मीको जित


  • 3.5K
    SHARES
    • माघ १, २०८० सोमबार
    • २ बर्षs अघि
    • 5.3K Views

    प्रधानमन्त्री कप क्रिकेट : आर्मीको जित

    काठमाडौँ, १ माघ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेस प्रदेशलाई एक सय २६ रनको भारी आन्तरले पराजित गरेको छ । 

    images

    जीतका लागि तीन सय २१ रनको लक्ष्य पछ्याएको मधेस प्रदेश ४८ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ९४ रनमा समेटियो । मधेसका लागि पवन सराफले ८३ बलमा सात चौका र तीन छक्कासहित सर्वाधिक ६५ रन बनाए । त्यस्तै मयन यादवले ३२ बलमा ६ चौकासहित ३२ बनाए । राजेश यादवले ४८ बलमा ५ चौकासहित ३२ रनमा अविजित रहँदा  रुपेश सिंहले १८, विशाल पटेलले १७ तथा हरिशङ्कर शाहले चार रन बनाए ।

    आर्मीका लागि साहब आलमले चार विकेट लिए भने सोमपाल कामीले दुई तथा जितेन्द्र मुखिया र कुशल मल्लले समान एक–एक विकेट लिए ।

    त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा तीन सय २० रनको योगफल बनायो । आर्मीका लागि विनोद भण्डारीले ९३ बलमा नौ चौका र छ छक्कासहित एक सय १३ रनको शतकीय पारी खेले । यसैगरी सन्तोष कार्कीले ४२, कुशल मल्ल र विवेक यादवले समान ३७, इमरान शेखले २६, भीम सार्कीले १८ तथा  बसिर अहमदले १६ रन बनाए ।  

    आर्मीका लागि पाँचौ विकेटका लागि विनोद र कुशललले एक सय ३२ तथा पहिलो विकेटका लागि सन्तोष र इमरानले ५३ रनको साझेदारी गरेका थिए । मधेसका लागि रन्जित कुमारले पाँच विकेट लिए भने विशाल पटेलले दुई तथा राजेश यादव र रुपेश सिंहले समान एक–एक विकेट लिए ।


    तेस्रो आँखा