• ट्रेण्डिङ्ग :
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सुरु

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सुरु


  • 4.4K
    SHARES
    • माघ ४, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 6.7K Views

    राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सुरु

    बुटवल, ४ माघ/ बुटवल उपमहानगरपालिकाको आयोजनामा आजदेखि यहाँ  पाँचौंँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८० सुरु भएको छ । प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभयो । तीन दिनसम्म चल्ने प्रतियोगितामा १७ विधाका ५४ खेलमा एक हजार चार सय २२ विद्यार्थीले भाग लिने नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाले जानकारी दिनुभयो । 

    images

    प्रतियोगितामा १८ वर्षभन्दा मुनिका विद्यार्थीले भाग लिएको र सबै खेलाडीको बीमा गरिएको उहाँले बताउनुभयो । प्रतियोगितामा प्रथम हुनेलाई रु २५ हजार, द्वितीय हुनेलाई रु १७ हजार पाँच सय र तृतीयलाई रु १० हजार पुरस्कारको समेत व्यवस्था गरिएको संयोजक पियाले बताउनुभयो

    प्रतियोगिताको उद्घाटन गर्दै उपमहानगरपालिकाका प्रमुख पाण्डेयले बुटवलबाट राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न योग्य खेलाडी उत्पादनमा नगरले पर्याप्त लगानी गर्ने बताउनुभयो । उहाँले विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न सकेमा मात्रै खेल क्षेत्रको प्रगति हुनसक्ने र खेलबाटै जीविकोपार्जन गर्नसक्ने गरी जनशक्ति उत्पादन हुने बताउनुभयो ।

    बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले खेलक्षेत्रको माध्यमबाट विद्यार्थीको प्रतिभा पहिचान गर्ने र सोही अनुसारको वातावरण तयार गर्ने काममा नगरले पर्याप्त चासो र लगानी गरेको बताउनुभयो । 

    प्रतियोगितामा फिल्ड हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दोलगायतका खेल हुनेछन् ।


    तेस्रो आँखा