• ट्रेण्डिङ्ग :
घरायसी विवाद हुँदा दाङमा श्रीमानद्धारा रड प्रहार गरि श्रीमतीको हत्या 

घरायसी विवाद हुँदा दाङमा श्रीमानद्धारा रड प्रहार गरि श्रीमतीको हत्या 


  • 8.3K
    SHARES
    • माघ ७, २०८० आइतबार
    • २ बर्षs अघि
    • 12.7K Views

    घरायसी विवाद हुँदा दाङमा श्रीमानद्धारा रड प्रहार गरि श्रीमतीको हत्या 

    दाङ ७ माघ/ घरायसी विवाद हुँदा दाङमा एक व्यक्तिले रड प्रहार गरि आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

    images

    तुलसीपुर उपमहागनरपालिका वडा नं।४ तल्लो हलवार निवासी ४३ बर्षीय पेण्डुवा चौधरीले आफ्नै श्रीमती ४२ वर्षीया लक्ष्मी चौधरीलाई स्टिलको रडले टाउँकोमा प्रहार गर्दा उनको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नवचन्द्र मल्लले तेस्रो आँखालाई जानकारी दिए । 

    चौधरी धेरै मदिरा सेवन गर्ने भएकाले सोही विषयमा घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटना शनिबार बेलुका ६ बजेको समयमा भएको हो । श्रीमतीको हत्या पछि अबस्था बुझ्न त्यहाँ पुगेका स्थानीयहरुलाई पनि उनले रड प्रहार गरेका छन् ।

    स्थानीय मिना थापा र शिला चौधरीलाई रड प्रहार गर्दा उनीहरु घाइते भएका छन् । मिनाको टाउकोमा चोट लागेको छ, भने शिलाको हड्डीमा चोट लागेको छ । दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । रड प्रहार गर्ने चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक लक्ष्मीलाई पोस्टमाटमको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ । 

     


    तेस्रो आँखा