• ट्रेण्डिङ्ग :
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ


  • 15.1K
    SHARES
    • माघ ८, २०८० सोमबार
    • २ बर्षs अघि
    • 23.2K Views

    श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

    सल्यान ८ माघ/सल्यानमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका– ५ लेखपोखरा ढाउडारा निवासी अन्दाजी २३ बर्षिय मोहन पुनलाई आफ्नै श्रीमतीको कुटपिट गरि हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घटना गएराती करिब १० बजेको समयमा भएको थियो ।

    images

    आरोपितले गत मंसिर १० गते विहे गर्ने भनेर घरमा ल्याएको र परम्परा अनुसार विहे नभएपनि उनीहरु एउटै घरमा बस्दै आएका थिए । उनीहरुका विचमा झैझगडा भएको र श्रीमानको कुटपिटबाट श्रीमतीको हत्या भएको खुल्न आएको प्रहरीको भनाइ छ । प्रहरी अहिले घटनास्थलमा रहेको छ भने घटनाका बारेमा थप अनुसन्धान भैरहेको छ ।


    तेस्रो आँखा