• ट्रेण्डिङ्ग :
लुम्बिनी प्रदेश : राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण तयारी पुरा

लुम्बिनी प्रदेश : राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण तयारी पुरा


  • 4.1K
    SHARES
    • माघ १०, २०८० बुधबार
    • २ बर्षs अघि
    • 6.3K Views

    लुम्बिनी प्रदेश : राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण तयारी पुरा

    घोराही १० माघ/लुम्बिनी प्रदेश अन्तरगत दुई सिटका लागि भोलि हुने राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण तयारी सकिएको निर्वाचन आयोगले जनाएको छ । दाङको घोराही स्थिति कर्मचारी मिलन केन्द्रमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखहरुका लागि दुई छुट्टा छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यालयका सुचना अधिकारी गेहेन्द्र कवरले बताए ।

    images

    लुम्बिनी प्रदेशमा ८७ जना प्रदेश सभा सदस्य र दुई सय १८ जना स्थानीय तहका प्रमुख र उपप्रमुख गरि तीन सय ५ जना मतदाता रहेका छ्न । अन्य तर्फ एक जना र महिला तर्फ एक जना गरि दुई सिटका लागि ६ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।  गठवन्धनका तर्फबाट महिला कोटामा नेपाली काङ्ग्रेसकि विष्णुदेवी सापकोटा एमालेबाट तुलसा केसि र राप्रपाबाट विजयालक्ष्मि सिह र अन्य कोटामा गठवन्धनबाट माओवादीका झक्कु सुवेदी , एमालेबाट झपेन्द्र बहादुर घर्ती क्षेत्री र जनमत पार्टीका बाल गोविन्द चौधरिले प्रतिस्पर्धा गर्दैछन् ।


    तेस्रो आँखा