• ट्रेण्डिङ्ग :
घुससहित सहायक वन अधिकृत अख्तियारको नियन्त्रणमा

घुससहित सहायक वन अधिकृत अख्तियारको नियन्त्रणमा


  • 3.4K
    SHARES
    • माघ ११, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 5.2K Views

    घुससहित सहायक वन अधिकृत अख्तियारको नियन्त्रणमा

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित सहायक वन अधिकृतलाई नियन्त्रणमा लिएको छ । अख्तियारले बिहीबार घुससहित बाँकेको सब–डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्देलाई नियन्त्रणमा लिएको हो ।  

    images

    काठ चिरानको लागि सिफारिस गरिदिने भन्दै वन अधिकृत पार्देले सेवाग्राहीबाट घुस लिएको अख्तियारले जनाएको छ ।सात हजार घुस लिएको अवस्थामा र बाँकी ४५ हजार ९७५ स्रोत नखुलेको रकमसहित उनलाई नियन्त्रणमा लिएको अख्तियारले बताएको छ । नियन्त्रणमा लिएर उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए । 


    तेस्रो आँखा