• ट्रेण्डिङ्ग :
छैठौं राष्ट्रपति रनिङ शिल्डको उपाधी मिडवेस्ट प्वाइन्ट एकेडेमीको हातमा

छैठौं राष्ट्रपति रनिङ शिल्डको उपाधी मिडवेस्ट प्वाइन्ट एकेडेमीको हातमा


  • 3.5K
    SHARES
    • माघ १२, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.4K Views

    छैठौं राष्ट्रपति रनिङ शिल्डको उपाधी मिडवेस्ट प्वाइन्ट एकेडेमीको हातमा

    दाङ १२ माघ/दाङको शान्तिनगर गाउँपालिका अन्तर विद्यालय स्तरिय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधी मिडवेस्ट प्वाइन्ट एकेडेमी शान्तिनगर – ७ खैरेनीले हात पारेको छ ।

    images

    मावि तुलसीपुरको खेलमैदानमा संचालित छैठौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २४ स्वर्ण, १० रजत र १४ कास्य गरी जम्मा ४८ पदकसहित मिडवेस्ट प्वाइन्ट एकेडेमीले रनिङ शिल्ड जितेको हो । त्यस्तै २० स्वर्ण, ११ रजत र १२ कास्य गरी जम्मा ४३ पदक सहित जनकल्यान मावि सिमसुन्दरपुर द्वितिय भएको छ भने ५ स्वर्णसहित १८ पदकका साथ विपि मावि बयाले तृतिय भएको छ ।

    ४ दिनसम्म संचालन भएको प्रतियोगितामा पालिका स्तरका सामुदायिक तथा निजि विद्यालयको सहभागिता रहेको थियो । शान्तिनगर गाउँपालिका शिक्षा बिभाग प्रमुख ओपेन्द्र रावतको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यता एवं गाउापालिका उपाध्यक्ष प्रेमा केसीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । 


    तेस्रो आँखा