• ट्रेण्डिङ्ग :
महासंघका उपाध्यक्ष तथा तेस्रो आँखाका सम्पादकद्वारा ‘मेट्रो म्यागजिन’ सार्वजनिक

महासंघका उपाध्यक्ष तथा तेस्रो आँखाका सम्पादकद्वारा ‘मेट्रो म्यागजिन’ सार्वजनिक


  • 19.3K
    SHARES
    • माघ १४, २०८० आइतबार
    • २ बर्षs अघि
    • 29.6K Views

    महासंघका उपाध्यक्ष तथा तेस्रो आँखाका सम्पादकद्वारा ‘मेट्रो म्यागजिन’ सार्वजनिक

    तुलसीपुर, १४ माघ । तुलसीपुर मेट्रो कलेजमा बिएएलएलबी कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले प्रकाशन गरेको मेट्रो डिजिटल म्यागजिन सार्वजनिक गरिएको छ । 

    images

    कानूनसम्बन्धी विभिन्न विषयगत कुरा र गतिविधिहरु समेटेर प्रकाशन गरिएको बुलेटिनको नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष तथा तेस्रो आँखा डटकमका सम्पादक उदय जीएमले विमोचन गर्नुभएको हो । डिजिटलरुपमा मात्रै प्रकाशन हुने बुलेटिनको विमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि जीएमले विद्यार्थीहरुको कार्यको प्रशंसा गर्नुभयो । उहाँले कानूनका विभिन्न विषयमा आधारित रहेर बुलेटिनमा सामग्रीहरु प्रकाशन हुनुपर्ने बताउनुभयो । “हामीले जानेको विषयलाई सर्वसाधारणसम्म पनि पुराउनु पर्दछ । त्यसैले तपाईहरुले राम्रो काम गर्नुभएको छ”, प्रमुख अतिथि जीएमले भन्नुभयो । उहाँले पत्रकारिता डिजिटल युगमा प्रवेश गरिसकेको हुँदा डिजिटल संस्करणमा प्रकाशित गरिनु समय सुहाउँदो कुरा भएको पनि बताउनुभएको थियो ।

    Metro4.jpg

    कार्यक्रममा रिपोर्टर्स क्लव लुम्बिनी प्रदेशका अध्यक्ष शरद रेग्मीले विद्यार्थीहरुको पहलमा म्यागेजिन प्रकाशन जस्तो महत्वपूर्ण काम भएकोमा खुशी व्यक्त गर्नुभयो । इन्सेक दाङका प्रतिनिधि जेएन सागरले कानूनका धेरै कुराहरु संवेदनशील हुने भएको हुँदा विद्यार्थीहरुले सर्वसाधारणलाई बुझाउनुपर्ने कुरामा जोड दिनुभएको छ । नेपाल पत्रकार महासंघ दाङकी सहसचिव दीप्तिशिखा चौधरीले कानूनका विषयमा समाचार लेख्ने पत्रकारको संख्या कम भएको अवस्थामा विद्यार्थीहरुले गरेको कामको प्रशंसा गर्नुभएको थियो ।

    Metro5.jpg

    कलेज प्रमुख वसन्त आचार्यले कलेजले विद्यार्थीहरुलाई नयाँ नयाँ काममा संलग्न गराउँदै लगेको बताउनुभयो । उहाँले पढ्ने मात्रै भन्दा पनि पढेको कुरालाई व्यवहारमा लागु गराउनका लागि कलेजले भूमिका खेलेको बताउनुभयो । 

    Metro3.jpg

    कानून संकाय संयोजक विजय पोख्रेलले विद्यार्थीहरुलाई सिर्जनात्मक बनाउनका लागि पत्रिका प्रकाशन गरेको बताउनुभयो । कार्यक्रममा विद्यार्थी दुरविन वलीले पत्रिका प्रकाशन गर्नुको उद्देश्यका बारेमा बताउनुभएको थियो । विद्यार्थी दीपा बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण विद्यार्थी पारस वलीले गर्नुभएको थियो ।

  • सम्बन्धित विषय:

  • # ‘मेट्रो म्यागजिन’

  • तेस्रो आँखा